ओखलढुंगामा ५ मतान्तरले रास्वपाका विश्वराज पोखरेल विजयी

हिमाल प्रेस २४ फागुन २०८२ १०:२१ | Sunday, March 8, 2026
ओखलढुंगामा ५ मतान्तरले रास्वपाका विश्वराज पोखरेल विजयी

काठमाडौँ- ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै झिनो मतले निर्वाचित भएका हुन्।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन्। तेस्रोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् ।

प्रकाशित: २४ फागुन २०८२ १०:२१ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast