सुलभ खरेल १३ हजार मतले अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ १४:२१ | Friday, March 6, 2026
16
SHARES
सुलभ खरेल १३ हजार मतले अगाडि

बुटवल- रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

२४ हजार ९२८ मत गन्दा सुलभले १६ हजार ७८८ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ३ हजार ५१७ ल्याएका छन्।

कांग्रेसका चुन्न शर्माले २ हजार २६४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेले ४६३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

रुपन्देही-२ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए। यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्।

जसमध्ये ८६ हजार ५३० मत अर्थात ६४.०७ प्रतिशत मत खसेको छ। मतगणना रातिदेखि बुटवल ११ स्थित निर्वाचन कार्यालयमा भइरहेको छ।

प्रकाशित: २२ फागुन २०८२ १४:२१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast