वसन्तपञ्चमी औपचारिकता मात्र नभई जीवनलाई ऊर्जाशील बनाउने पर्व : राष्ट्रपति

हिमाल प्रेस १२ माघ २०७९ ८:५५ | Thursday, January 26, 2023
वसन्तपञ्चमी औपचारिकता मात्र नभई जीवनलाई ऊर्जाशील बनाउने पर्व : राष्ट्रपति फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकी छन्। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।

राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएकी छन्।

उनले यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।

 

प्रकाशित: १२ माघ २०७९ ८:५५ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast