प्रहरी
काठमाडौँ- ओखलढुंगामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भन्ने सूचना भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
प्रहरीका अनुसार आज ‘सुशासन संचार’ नामक फेसबुक पेजबाट उक्त प्रकारको सूचना प्रसारित गरिएको थियो। तर उक्त दाबी पूर्णरूपमा गलत रहेको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार ओखलढुंगा जिल्लाभरि मतदान कार्यक्रम शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ।
प्रहरीले भ्रामक अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको र कानुन बमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।
प्रकाशित: २१ फागुन २०८२ ११:३१ | Thursday, March 5, 2026
प्रतिक्रिया





