अतिरञ्जित सामग्री प्रसारित गरिएको भन्दै सेनाको ध्यानाकर्षण

हिमाल प्रेस २० फागुन २०८२ १७:२२ | Wednesday, March 4, 2026
28
SHARES
अतिरञ्जित सामग्री प्रसारित गरिएको भन्दै सेनाको ध्यानाकर्षण जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले असान्दर्भिक र अतिरञ्जित सामग्री प्रसारित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

बुधबार एक अपिल जारी गर्दै सेनाले निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू एकीकृत र समन्वयात्मक ढंगले काम गरिरहेका बेला प्रसारित अतिरञ्जित सामग्रीहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो।

सेनाले सुनियोजित ढंगबाट प्रसारित भ्रामक सूचनाहरूमा विश्वास नगर्न पनि अपिल गरेको छ। ‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ,’ अपिलमा उल्लेख छ।

प्रकाशित: २० फागुन २०८२ १७:२२ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast