मतदान केन्द्रमा खटाइएका अधिकृत जिम्मेवारीमुक्त, निष्पक्ष नदेखिएको आरोप

हिमाल प्रेस २० फागुन २०८२ १३:४१ | Wednesday, March 4, 2026
6
SHARES
मतदान केन्द्रमा खटाइएका अधिकृत जिम्मेवारीमुक्त, निष्पक्ष नदेखिएको आरोप

काठमाडौँ- बागलुङ क्षेत्र नं २ अन्तर्गतको गलकोट नगरपालिका १० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ। मतदान अधिकृतहरूको व्हाट्सएप समूहमा उनले लेखेका केही अभिव्यक्ति तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको बागलुङ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीले जानकारी दिए ।

मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ। गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको सुवेदीले जानकारी दिए ।

मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालयबागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ । गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको छ ।

प्रकाशित: २० फागुन २०८२ १३:४१ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast