काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदान गर्न आफ्नो क्षेत्र फर्कनेहरूको संख्या बढ्दै गएको छ।
निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएपछि मताधिकार प्रयोग गर्न आफ्नो क्षेत्र फर्कनेहरूको संख्या बढ्दै गएको हो।
पछिल्लो तीन दिनमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मतदाता भोट हाल्नका लागि आफ्नो क्षेत्रमा फर्केसँगै अन्य दिनको तुलनामा काठमाडौँमा सवारी चाप केही कम देखिएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका छन् भने मतदानका लागि २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ।
प्रकाशित: १९ फागुन २०८२ १४:२७ | Tuesday, March 3, 2026
प्रतिक्रिया





