रौतहटमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

हिमाल प्रेस १९ फागुन २०८२ ९:४९ | Tuesday, March 3, 2026
16
SHARES
रौतहटमा भेटिएको शंकास्पद वस्तु डिस्पोज फाइल तस्बिर

काठमाडौँ- रौतहटको चन्द्रनिगाहपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। शनिबार रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपेडामा मंगलबार बिहान सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु देखिएपछि सेनालाई खबर गरिएको थियो। बिहान घटनास्थल पुगेको सेनाले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो। डिस्पोजका क्रममा शंकास्पद वस्तु नरहेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ फागुन २०८२ ९:४९ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast