पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण गर्दा दुर्घटना हुन सक्छ : आयल निगम

हिमाल प्रेस १९ फागुन २०८२ ७:१३ | Tuesday, March 3, 2026
6
SHARES
पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण गर्दा दुर्घटना हुन सक्छ : आयल निगम

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो।

निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ। इन्धन नियमित आयात भइरहेको र चुनावभर नियमित हुने पनि निगमले प्रस्ट पारेको छ।

सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ।

प्रकाशित: १९ फागुन २०८२ ७:१३ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast