मतदान केन्द्र व्यवस्थापनमा विद्यालय कर्मचारी प्रयोग गर्न निर्देशन

हिमाल प्रेस १७ फागुन २०८२ १२:५० | Sunday, March 1, 2026
844
SHARES
मतदान केन्द्र व्यवस्थापनमा विद्यालय कर्मचारी प्रयोग गर्न निर्देशन विद्यालय कर्मचारी, फाइल तस्बिर ।

ओखलढुंगा- आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा विद्यालयका कर्मचारीलाई स्वयंसेवकका रूपमा प्राथमिकता दिने तयारी गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, ओखलढुंगाले फागुन २१ गते (बिहीबार) हुने निर्वाचनका लागि मतदान केन्द्रमा खटिने स्वयंसेवक कर्मचारी छनोट गर्दा सम्भव भएसम्म सम्बन्धित मतदान केन्द्र रहेको विद्यालयका सहयोगी कर्मचारीलाई राख्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।

विद्यालयका कर्मचारीलाई स्वयंसेवकका रूपमा प्रयोग गर्दा मतदान केन्द्रको वातावरण र व्यवस्थापनबारे उनीहरूको स्थानीय अनुभवले निर्वाचन कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय कर्मचारीहरूलाई मतदान केन्द्रको सुरक्षादेखि मतदाता व्यवस्थापन र अन्य प्रशासनिक काममा समेत उपयोग गर्न सकिने बताइएको छ।

निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र पारिएको र सबै मतदान केन्द्रमा सुरक्षित, पारदर्शी तथा व्यवस्थित मतदान प्रक्रिया सुनिश्चित गर्न स्थानीय जनशक्ति उपयोगलाई प्राथमिकता दिइएको जनाएको छ।

प्रकाशित: १७ फागुन २०८२ १२:५० | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast