खामेनी मारिएका पुष्टि भएसँगै इरानमा ४० दिनसम्म शोक घोषणा

हिमाल प्रेस १७ फागुन २०८२ ७:५८ | Sunday, March 1, 2026
24
SHARES
खामेनी मारिएका पुष्टि भएसँगै इरानमा ४० दिनसम्म शोक घोषणा

अमेरिकी र इजरायल आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि भएसँगै मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको छ। यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरायली हमलामा परी खामेनी मारिएका सामाजिक सञ्जालमार्फत्‌ घोषणा गरेका थिए। ट्रम्पले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरि धेरै मानिसका निम्ति’ ‘न्याय’ भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।

अमेरिका र इजरायलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।

प्रकाशित: १७ फागुन २०८२ ७:५८ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast