खामेनी मारिएको खबर भ्रमपूर्ण : इरान

हिमाल प्रेस १७ फागुन २०८२ ७:१९ | Sunday, March 1, 2026
10
SHARES
खामेनी मारिएको खबर भ्रमपूर्ण : इरान

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको बताए पनि इरानी सञ्चारमाध्यम र इरान सरकारले यसको खण्डन गरेका छन्। यसअघि ट्रम्पले सामाजिक सन्जालमा खामेनी मारिएको खबर सार्वजनिक गरे पनि इरानी सञ्चारमाध्यमले अपवाह भनेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सुरक्षित रहेको बताएका छन्। उनले भनेका छन्, ‘मलाई थाहा भएसम्म इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी जीवित छन्।’

उनले इजरायल-अमेरिकाको आक्रमणमा इरानले ‘सायद एक वा दुई कमान्डर भने गुमाएको’ बताएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले भने अहिलेसम्म इरानका वरिष्ठ राजनीतिक अधिकारी र सेना प्रमुख मारिएको खबरलाई खारेज गरेको छ।

यसैबीच इरानका विदेशन्त्री अराघचीले भनेका छन्, ‘इरान तनाव कम गर्न र वार्तामा संलग्न हुन तयार छ, यदि अमेरिका र इजरायलले आफ्नो आक्रमण बन्द गरे भने।’ इजरायलले अमेरिकासँग मिलेर शनिबार बिहान राजधानी तेहरानसहित इरानका १० सहरमा हवाई आक्रमण गरेको हो।

प्रकाशित: १७ फागुन २०८२ ७:१९ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast