सोमबारदेखि कास्कीमा रात्रिको समयमा खोल्न पाइने छैन पसल

हिमाल प्रेस १६ फागुन २०८२ १३:०३ | Saturday, February 28, 2026
8
SHARES
सोमबारदेखि कास्कीमा रात्रिको समयमा खोल्न पाइने छैन पसल फाइल तस्बिर।

गण्डकी- प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ बजेसम्म मात्र होटल, रेष्टुरेन्ट, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो।

कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ।उक्त नियम कार्यान्वयन भएरनभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ।

कार्यालयले चुनावको सम्मुखमा परेको फागुपर्व पनि सार्वजनिकस्थलमा भीडभाड हुनेगरी नखेल्न अपिल गरेको छ। निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिकस्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो।

फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ। परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागुपर्व मनाउन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: १६ फागुन २०८२ १३:०३ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast