पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण : रक्षामन्त्रीले भने- यो अब खुला युद्ध हो

हिमाल प्रेस १५ फागुन २०८२ १५:४८ | Friday, February 27, 2026
20
SHARES
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण : रक्षामन्त्रीले भने- यो अब खुला युद्ध हो पाकिस्तान सीमामा तैनाथ तालिबान सैनिक। तस्बिर : एएफपी/रासस

काठमाडौँ- पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गरेको छ। काबुललगायत अफगानिस्तानका केही ठूला सहरमा गरिएका यी हवाई आक्रमणलाई पाकिस्तानी रक्षामन्त्रीले खुला युद्धको संज्ञा दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

विगत केही महिनादेखि यी दुई छिमेकी देशहरूबीच लगातार छिटपुट संघर्ष चलिरहेको थियो।

गत आइतबार पाकिस्तानी सेनाले अफगानिस्तानमा हवाई आक्रमण गरेको थियो। ती आक्रमणको बदला लिने घोषणा गर्दै अफगानिस्तानले बिहीबार पाकिस्तानी सीमामा धावा बोल्यो। शुक्रबार अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानका कैयौँ सुरक्षाचौकीहरू आफ्नो नियन्त्रणमा लिएको र धेरै पाकिस्तानी सैनिकहरूलाई बन्धक बनाएको दाबी गरेको छ।

तालिबानको यस दाबीपछि शुक्रबार अबेर साँझ पाकिस्तानले अफगानिस्तानमा ठूलो स्तरमा हवाई आक्रमण गर्‍यो। यी आक्रमणहरूपछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने, ‘हाम्रो धैर्यको बाँध फुटेको छ। अब यो तपाईं र हामीबीचको खुला युद्ध हो।’

अफगानिस्तान सरकारले तहरिक-ए-तालिबान पाकिस्तान नामक संगठनलाई शरण दिइरहेको र सो संगठनले पाकिस्तानमा निरन्तर आक्रमण गरिरहेको पाकिस्तानको आरोप छ। काबुलले भने इस्लामावादका यी आरोप अस्वीकार गर्दै आएको छ।

प्रकाशित: १५ फागुन २०८२ १५:४८ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast