बीबीसीको वृत्तचित्र भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : एमाले महासचिव पोखरेल

हिमाल प्रेस १५ फागुन २०८२ ८:५८ | Friday, February 27, 2026
10
SHARES
बीबीसीको वृत्तचित्र भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : एमाले महासचिव पोखरेल नेकपा (एमाले) महासचिव शंकर पोखरेल

काठमाडौँ- बीबीसीले तयार गरेको ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’ शीर्षकको वृत्तचित्र सार्वजनिक भएको एक दिनपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले चुनाव नजिकिएको संवेदनशील समयमा उक्त सामग्री सार्वजनिक हुनु संयोग मात्र नभई भूराजनीतिक चलखेलको संकेत हुन सक्ने बताएका छन्।

नेपालको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य हस्तक्षेप अस्वीकार्य रहेको भन्दै महासचिव पोखरेलले भने,‘डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हुन सक्छ।’

उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ  गर्नुपर्ने र सार्वभौमिकता साझा जिम्मेवारी भएको बताए।‍ उनले सूचना स्वतन्त्र हुनुपर्ने तर त्यसको समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्ने धारणा राखे।

जेनजी आन्दोलनका क्रममा नेपालमा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार रहेको थियो। एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए।

यस्तो छ पोखरेलको भनाइ

चुनावको मुखमा सार्वजनिक गरिएको BBC को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन— यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।
नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो।
हामीले बुझ्नुपर्छ:
लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ।
नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो।
सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ।
सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ।

प्रकाशित: १५ फागुन २०८२ ८:५८ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast