राष्ट्रियसभा उपनिर्वाचन : नागरिक उन्मुक्तिको तर्फबाट राजेन्द्रवीरको उम्मेदवारी

हिमाल प्रेस ११ माघ २०७९ १६:१६ | Wednesday, January 25, 2023
राष्ट्रियसभा उपनिर्वाचन : नागरिक उन्मुक्तिको तर्फबाट राजेन्द्रवीरको उम्मेदवारी

काठमाठौँ- नागरिक उन्मुक्ति पार्टीले पनि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दिएको छ। नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन्।

प्रदेशसभा सदस्य राजकुमार चौधरीको प्रस्तावमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीको समर्थनमा रायले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दर्ता कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङ पुगेकी थिइन्।

सत्ता गठबन्धनको तर्फबाट भने नेकपा एमालेका कुमार दसौदीले उम्मेदवारी दिइसकेका छन्। नागरिक उन्मुक्ति पनि सत्ता गठबन्धनकै एक दल भने हो।

यता नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्।
नेकपा एमालेका राष्ट्रियसभा सदस्य रुपन्देहीका खिमलाल भट्टराईले पदबाट राजीनामा दिएपछि पद रिक्ट छ। माघ २५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित: ११ माघ २०७९ १६:१६ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast