कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाल प्रेस १४ फागुन २०८२ ६:३६ | Thursday, February 26, 2026
4
SHARES
कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित: १४ फागुन २०८२ ६:३६ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast