गोरखामा मृत भेटियो चितुवा

हिमाल प्रेस १२ फागुन २०८२ २१:१० | Tuesday, February 24, 2026
गोरखामा मृत भेटियो चितुवा प्रतिनिधिमूलक तस्बिर।

गोरखा- गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। गोरखा नगरपालिका-४ फिनामस्थित हिलेखर्कमा आज (मंगलबार) चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए।

स्थानीयले सोमबार राति दुई चितुवा एकआपसमा जुधेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुन सक्ने अनुमान रहेको उनले बताए।

स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा मृत अवस्थामा फेला परेको चितुवाको उमेर करिब एक वर्ष हुन सक्ने जनाइएको छ।

प्रकाशित: १२ फागुन २०८२ २१:१० | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast