कास्की २ मा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, कांग्रेसलाई सघाउने

हिमाल प्रेस १२ फागुन २०८२ ८:३५ | Tuesday, February 24, 2026
16
SHARES
कास्की २ मा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, कांग्रेसलाई सघाउने

काठमाडौँ- कास्की-२ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका उनले राजनीतिक परिस्थिति र कास्की २ को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

उनले कांग्रेस उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी तथा युवामैत्री सोचको कदर गर्दै समर्थन जनाएको बताएका छन् ।

‘जनताको आवाज सुनिएन, युवाको भरोसामाथि खेलबाड गरियो, भ्रष्टाचार र दम्भ हाबी भयो भने म फेरि पनि कलम, आवाज र सडकबाट खबरदारी र विद्रोह गर्न पछि हट्ने छैन,’ उनले भने, ‘अहिलेका लागि बदलिएको कांग्रेस र रूखमा मतदान गर्न अपिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’

प्रकाशित: १२ फागुन २०८२ ८:३५ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast