गण्डकीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मा?

हिमाल प्रेस १० माघ २०७९ १९:५८ | Tuesday, January 24, 2023
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मा?

पोखरा- गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। मंगलबार थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि सात सदस्यीय गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।  आज एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादीका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भइसकेका थिए।

मंगलबार नै मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ। जसअनुसार हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, सीता कुमारी सुन्दासले आर्थिक मामिला, पञ्चराम गुरुङले सामाजिक विकास, रोशन गाहाले आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङले कृषि, ऊर्जा जलस्रोत र रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवराी पाएका छन्।

प्रकाशित: १० माघ २०७९ १९:५८ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast