खेल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बन

हिमाल प्रेस १० माघ २०७९ १७:५२ | Tuesday, January 24, 2023
खेल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बन

काठमाडौँ- माघ ५ गते स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट निलम्बनमा परेका छन्। खेल जारी रहेको मैदानमा अनुमति नलिई हेलिकप्टर अवतरण गराएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट रनेश डंगोललाई निलम्बन गर्ने निर्णय गरेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पाइलटलाई सोधपुछका लागि निलम्बनमा राखिएको जानकारी दिए। ‘पाइलटले अनुमति नै नलिएको ठाउँमा किन हेलिकप्टर अवतरण गराएलगायतका विषयमा सोधपुछ गर्न आवश्यक देखियो यसैका लागि पाइलटलाई निलम्बनमा राखिएको छ,’ निरौलाले भने, ‘कति समयलाई निलम्बन गर्ने के गर्ने भन्ने अन्तिम निर्णय भएको छैन। सोधपुछ र अनुसन्धान सकिएपछि अन्तिम निर्णय आउँछ।’

खेल जारी रहँदा हेलकप्टर अवतरण गराएपछि पाइलट डंगोलमाथि कुटपिट भएको थियो। प्रहरीले कुटपिटमा संलग्नलाई पनि पक्राउ गरेको छ।

स्याङ्जामा प्रभु हेलिकप्टरका पाइलट कुट्ने पक्राउ

 

प्रकाशित: १० माघ २०७९ १७:५२ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast