स्याङ्जामा प्रभु हेलिकप्टरका पाइलट कुट्ने पक्राउ

हिमाल प्रेस १० माघ २०७९ १७:४१
16
SHARES
स्याङ्जामा प्रभु हेलिकप्टरका पाइलट कुट्ने पक्राउ

काठमाडौँ- प्रभु एयरको हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्नेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जामा फुटबल खेल चलिरहेको समयमा माघ ५ गते हेलिकप्टर ल्याण्ड गराएपछि पाइलटमाथि कुटपिट भएको थियो।

प्रहरीले हेलिकप्टरमा सवार यात्रु चार जना र कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो।

माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेलमैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित यात्रुमाथि हातपात गरेका थिए।

पक्राउ पर्नेमा हेलिकोप्टरमा रहेका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। त्यसैगरी स्थानीय यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई पनि पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =