काठमाडौँ- नाइजेरियाको उत्तर–पश्चिमी क्षेत्रका तीनवटा गाउँहरूमा मोटरसाइलमा आएका बन्दुकधारीहरूले दर्जनौँ मानिसको हत्या गरेका छन्।
समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुुसार नाइजर प्रान्तमा सशस्त्र समूहले गोली हानेर र घाँटी रेटेर सर्वसाधारणको हत्या गरेका हुन्।
उनीहरूले घरमा आगोसमेत लगाइदिएको बताइएको छ। बन्दुकधारी समूहले धेरै मानिसको अपहरणसमेत गरेका छन्। अपहरण गरिएका व्यक्तिहरूको संख्या भने खुल्न सकेको छैन।
घटनामा ३० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ।
नाइजेरियामा विगत लामो समयदेखि सशस्त्र आपराधिक समूहरूले आक्रमण र अपहरणका घटनाहरू गर्दै आएका छन्। यी समूहरूलाई त्यहाँ ‘ब्यान्डिट’ भनिन्छ।
पछिल्लो समय नाइजेरियाको पश्चिमी र मध्य क्षेत्रहरूमा यस्ता घटनामा तीव्र वृद्धि भएको छ।
प्रकाशित: ३ फागुन २०८२ १५:३१ | Sunday, February 15, 2026
प्रतिक्रिया




