टी–२० विश्वकप : नेपाल ९ विकेटले पराजित, वेस्टइन्डिज सुपर–८ मा

हिमाल प्रेस ३ फागुन २०८२ १४:५१ | Sunday, February 15, 2026
8
SHARES
टी–२० विश्वकप : नेपाल ९ विकेटले पराजित, वेस्टइन्डिज सुपर–८ मा

काठमाडौँ- वेस्टइन्डिजले नेपाललाई ९ विकेटलाई पराजित गर्दै जारी विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा वेस्टइन्डिजले नेपाललाई ९ विकेटले पराजित गरेको हो।

नेपाललाई पराजित गरेसँगै वेस्टइन्डिज तीनमध्ये तीनै खेल जितेर सुपर–८ मा प्रवेश गरेको छ। नेपालका लागि भने अब यो प्रतियोगिता प्रतिष्ठाको लडाइँमा मात्र सीमित भएको छ।

वेस्टइन्डिजले खेलको पहिलो ओभरदेखि अन्त्यसम्म पूर्णरूपमा नियन्त्रण जमाउँदै जित निकाल्यो। इंग्ल्यान्डलाई कडा टक्कर दिएको नेपाल पछिल्ला दुवै खेलमा हार बेहोर्नुपरेको छ। अब नेपालले बिहीबार स्कटल्यान्डसँग खेल्नेछ।

टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले फितलो सुरूवात गर्‍यो। ओपनिङका लागि मैदानमा उत्रेका कुशल भुर्तेल १ रन बनाएर पहिलो ओभरमै आउट भए। उनलाई अकेल होसेनले आउट गरे। अर्का ओपनर आसिफ सेख पनि ११ रन बनाएर पेबेलियन फर्किए।

त्यस्तै कप्तान रोहित पौडेल पनि सस्तोमा आउट भए। उनले जम्मा ५ रन बनाए। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले पनि उनी एक्लैले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन सकेनन्। ऐरीले ४७ बलमा ५८ रन बनाए। उनी खेलको अन्तिम ओभरमा आउट भए।

त्यस्तै सोमपाल कामीले महत्वपूर्ण २६ रन जोडे। उनले १६ बलको सामना गरे। आरिफ सेख २, लोकेश बम १३, गुलशन झा ११ रन बनाएर आउट भए।

२० ओभरमा ८ विकेट गुमाएर नेपालले १३३ रनको झिनो योगफल खडा गर्‍यो। १३४ रनको लक्ष्य पाएको वेस्टइन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो।

वेस्टइन्डिजका लागि कप्तान साई होपले ६१ र सिमरन हिटमायरले ४६ रन बनाए। दुवै जना अविजित रहे। त्यस्तै ब्रान्डन किंगले २२ रन बनाए। उनलाई नन्दन यादवले आउट गरे।

वेस्टइन्डिजका लागि भने सन् २०१६ को सफलता दोहोर्‍याउने सम्भावना बलियो देखिएको

प्रकाशित: ३ फागुन २०८२ १४:५१ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast