प्रधानमन्त्री कार्की ताप्लेजुङमा, गरिन् पाथीभराको दर्शन

हिमाल प्रेस १ फागुन २०८२ १०:२३ | Friday, February 13, 2026
18
SHARES
प्रधानमन्त्री कार्की ताप्लेजुङमा, गरिन् पाथीभराको दर्शन

ताप्लेजुङ- प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्ति सुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुगेकी छन्।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरिन्। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा भनिन्, ‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।’

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ।

प्रकाशित: १ फागुन २०८२ १०:२३ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast