काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा)ले चुनावी घोषणापत्र २०८२ सार्वजनिक गरेका छन्।
‘स्वदेशवादीको आह्वान, जाँतो छाप मा मतदान’ नारासहित अध्यक्ष महतोले केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्र सार्वजनिक समारोहमा अध्यक्ष महतो, वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिव द्वय केशव झा, अनिल महासेठ, सचिव शेर बहादुर शाह, नेताहरु बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराई लगायतको उपस्थिति थियो।
प्रकाशित: २७ माघ २०८२ १३:५७ | Tuesday, February 10, 2026
प्रतिक्रिया



