एपस्टीन फाइलमा बेलायतको केन्सिङ्टन दरबारले भन्यो – पीडितको साथमा छौँ

हिमाल प्रेस २६ माघ २०८२ १८:२६ | Monday, February 9, 2026
4
SHARES
एपस्टीन फाइलमा बेलायतको केन्सिङ्टन दरबारले भन्यो – पीडितको साथमा छौँ

काठमाडौँ- बेलायतका राजकुमार वेल्स विलियम र राजकुमारी क्याथरिनले जेफरी एपस्टीनका मामिलाहरूसँग सम्बन्धित नयाँ जानकारी सार्वजनिक भएपछि चिन्ता व्यक्त गरेका छन्।

केन्सिङ्टन दरबारका एक प्रवक्ताले राजकुमार र राजकुमारी जेफरी एपस्टीनसँग जोडिएको मामिलाका नयाँ तथ्यहरू सार्वजनिक भएको विषयलाई लिएर ‘अत्यन्तै चिन्तित’ रहेको बताएका छन्।

यस मामिलामा आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै शाही प्रवक्ताले भनेका छन्,‘अमेरिकामा सार्वजनिक गरिएका दस्तावेजहरूमा बाहिर आएका नयाँ जानकारी सन्दर्भमा राजकुमार विलियम र राजकुमारी क्याथरिनको ध्यान ‘पीडितहरूतर्फ केन्द्रित’ छ।’

बेलायतका पूर्वराजकुमार एन्ड्रयू माउन्टब्याटनमाथि पनि एपस्टीनसँग पुरानो सम्बन्धलाई लिएर प्रश्न उठिरहेको छ।

केन्सिङ्टन दरबारका प्रवक्ताले भने,‘वेल्सका राजकुमार र राजकुमारी लगातार बाहिर आइरहेका जानकारीबाट निकै चिन्तित हुनुहुन्छ। उहाँहरू पीडितहरूको साथमा हुनुहुन्छ।’

गत साता नयाँ जानकारी सार्वजनिक भएपछि माउन्टब्याटनले निर्धारित समयभन्दा पहिल्यै विन्डसरस्थित आफ्नो निवास छोडेका छन्।

बकिंघम दरबारले यसअघि उनी स्न २०२६ को सुरूतिर ‘रोजय लज’ छोड्ने बताएको थियो। तर, उनी त्योभन्दा पहिल्यै त्यहाँबाट निस्किएका छन्। पूर्वराजकुमार माउन्टब्याटन अहिले राजा चाल्र्सको निजी सम्पत्ति ‘स्यान्ड्रिङ्घम एस्टेट’ मा बसिरहेका छन्।

माउन्टब्याटनको जेफरी एपस्टीनसँग लामो समयदेखि मित्रता थियो। सन् २००८ मा एपस्टीन बाल यौन अपराधको मामिलामा दोषी ठहर भएपनि पनि उनले एपस्टीनसँग सम्पर्क कामय राखेका थिए।

उनले यसअघि एपस्टीनसँगको आफ्नो पुरानो सम्बन्धका लागि माफि मागिसकेका छन्। तर, कुनै पनि प्रकारको गलत कार्यमा संलग्न रहेको कुरालाई भने पूर्णरूपमा अस्वीकार गर्दै आएका छन्।

माउन्टब्याटनले सन् २०१०–२०११ मा वाणिज्यदूत रहेका बेला गोपनीय सरकारी जानकारी एपस्टीनलाई दिएको पछिल्लो समय खुलेको छ।

प्रकाशित: २६ माघ २०८२ १८:२६ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast