काठमाडौँ- आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्यान्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्यान्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।
हिजो नेपालले इंग्ल्यान्डसँग ४ रनले हारेको थियो। अब नेपालले समूह चरणमा स्कटल्यान्ड र इटालीसँग खेल्न बाँकी छ। स्कटल्यान्डको यो दोस्रो खेल हो। पहिलो खेलमा स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।
दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह ‘बी’ मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।समूह ‘डी’ बाटै दक्षिण अफ्रिका र क्यानडाबीच खेल हुनेछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ।
यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।



