पाकिस्तान आत्मघाती आक्रमण : इस्लामिक स्टेटले लियो जिम्मा

हिमाल प्रेस २४ माघ २०८२ १९:१५ | Saturday, February 7, 2026
12
SHARES
पाकिस्तान आत्मघाती आक्रमण : इस्लामिक स्टेटले लियो जिम्मा तस्बिर : एपी

काठमाडौँ- पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरारले शुक्रबार भएको विस्फोटको निन्दा गर्दै पाकिस्तानविरूद्ध अफगानिस्तानको भूभाग प्रयोग भइरहेको आरोप लगाएका छन्।

उनले आत्मघाती आक्रमणकारी अफगानिस्तान भ्रमण गरेको र उनले त्यहाँ प्रशिक्षण प्राप्त गरेको दाबी गरेका हुन्।

इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘आतंककारीको कुनै धर्म हुँदैन, उनीहरूको विचारधारा आतंक फैलाउनु मात्रै हो।’

उनले सरकारले मस्जिद र इमामबाडाहरूको सुरक्षाका लागि कडा कदम चालिरहेको बताए।

तरारले भने,‘आतंककारीलाई सहयोग गर्नेहरूलाई न्यायको कठघरामा ल्याइनेछ। शुक्रबारको नमाजका क्रममा मुसलमानहरूलाई निशाना बनाउनेलाई कडा सजाय दिइनेछ।’

यसैबीच इस्लामिक स्टेट (आईएसआईएस) ले इस्लामाबादको तरलाई क्षेत्रमा शुक्रबारको नमाजको क्रममा भएको आक्रमणको जिम्मेवारी लिएको छ। पाकिस्तानले यसलाई आत्मघाती आक्रमण भनेको छ।

इस्लामाबादको तरलाई क्षेत्रको इमामबाडामा शुक्रबार भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

प्रकाशित: २४ माघ २०८२ १९:१५ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast