लुम्बिनी प्रदेश प्रमुख शेरचनले भेटे प्रधानमन्त्री

हिमाल प्रेस १० माघ २०७९ ९:२५ | Tuesday, January 24, 2023
लुम्बिनी प्रदेश प्रमुख शेरचनले भेटे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहाललाई भेट्न शेरचन मंगलबार बिहान बालुवाटार पुगेका हुन्।

भेटका क्रममा प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नयाँ सरकार आएसँगै प्रदेश प्रमुख समेत फेर्ने तयारीमा सरकार छ। शेरचन विगतबाटै माओवादी पृष्ठभूमिका नेता हुन्। उनी २०६४ सालमा एनेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्य पनि भएका थिए।

यसअघि नेकपाको सरकार रहँदा शेरचन लुम्बिनी प्रदेशका प्रमुख थिए। अबको सरकारले पनि कुनै न कुनै जिम्मेवारी दिनुपर्ने अडानका साथ उनी राजधानी आएका बताइन्छ।

प्रकाशित: १० माघ २०७९ ९:२५ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast