सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने

हिमाल प्रेस २१ माघ २०८२ १६:१४ | Wednesday, February 4, 2026
10
SHARES
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने

काठमाडौँ- नइ एकेडेमीले प्रख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन तथा विद्यावारिधि तहको अनुसन्धानमा समर्पित रही महत्वपूर्ण प्राज्ञिक कार्य गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।

पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी रहेका छन्।

प्रकाशित: २१ माघ २०८२ १६:१४ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast