मतगणना हुँदै गर्दा विश्वप्रकाशले व्यक्त गरे आभार

हिमाल प्रेस ६ मंसिर २०७९ ९:३३ | Tuesday, November 22, 2022
मतगणना हुँदै गर्दा विश्वप्रकाशले व्यक्त गरे आभार

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू विजयतर्फ लम्किरहेको जनाएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शर्मा एमालेका अग्नि खरेलभन्दा चार हजार २९९ मतले अग्रता हासिल गरिरहेका छन्।

उक्त क्षेत्रमा खसेको कुल ८१ हजार ३३१ मतमध्ये हालसम्म २२ हजार १४२ मत गणना भएको छ। शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विजय भइसकेको होइन, हामी त्यसतर्फ क्रमशः लम्किरहेका छौँ। स्वदेश र विदेशबाट व्यक्त गरिरहनुभएको शुभेच्छाप्रति हृदयले आभारी छौँ।’

प्रकाशित: ६ मंसिर २०७९ ९:३३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast