मौसम विभाग भन्छ : गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपात र वर्षा भइरहेको छ

हिमाल प्रेस १९ माघ २०८२ ६:३३ | Monday, February 2, 2026
4
SHARES
मौसम विभाग भन्छ : गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपात र वर्षा भइरहेको छ

काठमाडौँ- हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ।

सोमबार तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ। देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ ।

मंगलबार सबै हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकोले ती भूभागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।

प्रकाशित: १९ माघ २०८२ ६:३३ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast