कोरियन कस्मेटिकले नेपाली बजारमा सम्भावना बोकेको छ : राजदूत पार्क

हिमाल प्रेस १८ माघ २०८२ १९:०२ | Sunday, February 1, 2026
18
SHARES
कोरियन कस्मेटिकले नेपाली बजारमा सम्भावना बोकेको छ : राजदूत पार्क

काठमाडौँ- नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक उत्पादनले नेपाली बजारमा नयाँ सम्भावना बोकेको बताएका छन्।

कोरियन कच्चापदार्थ र कोरियन प्रविधिको प्रयोगबाट नेपालमै उत्पादन गरिएको कोरियन कस्मेटिक ब्रान्ड ‘ओरा’ को आज (आइतबार) सार्वजनिक कार्यक्रममा राजदूत पार्कले कोरियन कस्मेटिक नेपालमा सफल रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

उनले दुई देशबीच व्यापार, प्रविधि र श्रम क्षेत्रका साथै उत्पादनमूलक सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता पहलले कोरिया-नेपाल द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने धारणा व्यक्त गरे।

कार्यक्रममा एनके कस्मेटिकका अध्यक्ष विनोद कुँवरले ‘नेपालमै केही गरौँ’ भन्ने उद्देश्यका साथ ओरा प्रोडक्ट नेपालमा भित्र्याइएको बताए। व्यापार मात्र नभई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो पहल गरिएको उनको भनाइ थियो। नेपाली बजारको आवश्यकता, उपभोक्ताको छाला र मौसमअनुकूल उत्पादन विकासमा विशेष ध्यान दिइएको अध्यक्ष कुँवरले स्पष्ट पारे।

एनआरएनएका अध्यक्ष बद्री केसीले नेपाल र कोरियाबीचको दुई पक्षीय सहकार्यले देशलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपाली नेपालमै प्रविधि र लगानी भित्र्याउन इच्छुक रहेको उल्लेख गर्दै सरकारी प्रक्रिया अझ सहज र लगानीमैत्री हुनुपर्ने आवश्यकता औँल्याए।

नेपाली जीवनशैली र वातावरणलाई ध्यानमा राखी तयार पारिएको ओरा कोरियन कस्मेटिकले नेपालमा उत्पादन, रोजगारी र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। -रासस

प्रकाशित: १८ माघ २०८२ १९:०२ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast