गगन थापा भन्छन् : कांग्रेसको कार्यकालमा युवा विदेसिनु पर्दैन

हिमाल प्रेस १७ माघ २०८२ १३:२६
10
SHARES
गगन थापा भन्छन् : कांग्रेसको कार्यकालमा युवा विदेसिनु पर्दैन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ ।’ उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्‍ने आधार नखोसिने बताए । ‘काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन’, उनले भने ।

 

प्रकाशित: १७ माघ २०८२ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast