प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल नियुक्त

हिमाल प्रेस ९ माघ २०७९ १६:११ | Monday, January 23, 2023
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल नियुक्त

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् उपमहासचिव हरिबोल गजुरेल नियुक्त भएका छन्।

प्रचण्डले उनलाई सोमबार उक्त पदमा नियुक्त गरेका हुन्। आइतबार प्रचण्डले स्वकीय सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्। गजुरेलले मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली २ बाट टिकट पाउनुपर्ने दाबी गरे पनि टिकट पाएका थिएनन्।

प्रधानमन्त्रीको सचिवालयमा अब कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत नियुक्त हुन बाँकी छ।

यो पनि:

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ७ जनाले पाए जिम्मेवारी

प्रकाशित: ९ माघ २०७९ १६:११ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast