विप्लवले नेकपालाई दिए कम्युनिष्ट आन्दोलनको कुरूप चित्र भएको पार्टीको संज्ञा

हिमाल प्रेस १७ माघ २०८२ ७:०८ | Saturday, January 31, 2026
22
SHARES
विप्लवले नेकपालाई दिए कम्युनिष्ट आन्दोलनको कुरूप चित्र भएको पार्टीको संज्ञा

काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन् ।

सो पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर लैजाने सहमतिबाट भागेर प्रचण्डले सो पार्टी बनाएको आरोप समेत लगाए।

महासचिव विप्लवले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरुसँग आफूहरुको एकता हुन नसक्ने पनि बताए ।

 

प्रकाशित: १७ माघ २०८२ ७:०८ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast