कैलालीका तीनवटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ ८:४६ | Tuesday, November 22, 2022
कैलालीका तीनवटै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी- कैलालीका तीनवटै क्षेत्रमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता कायम गरेको छ। कैलाली १ मा रन्जिता श्रेष्ठले ४५७८ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका रामजनम चौधरीले ३००० र नेकपा एमालेको तपेन्द्र रावल ९९३ मत प्राप्त गरेका छन्।

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले १४८८ मत प्राप्त गर्दा माओवादी केन्द्रका भगत बडुवालले ८६६ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान सांसद झपटबहादुर रावलले ६२७ मत मात्र प्राप्त गरेका छन्।

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरीले ८६१४ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका ७८५५ कृष्णकुमार चौधरीले ७८५५ मत प्राप्त गर्दा नेकपा एमालेका गौरिशंकर चौधरीले ५२३६ ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ८:४६ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast