बेलायती नागरिक भिसाविनै चीन भ्रमण गर्न सक्ने

हिमाल प्रेस १५ माघ २०८२ २०:५४ | Thursday, January 29, 2026
18
SHARES
बेलायती नागरिक भिसाविनै चीन भ्रमण गर्न सक्ने

काठमाडौँ- बेलायती नागरिक अब भिसाविना चीन यात्रा गर्न सक्नेछन्। बेलायत र चीनबीच भएको सम्झौतामा यो सहमति भएको हो।

बेलायतको प्रधानमन्त्री कार्यालयले दुवै देशबीच भएको सहमतिअनुसार बेलायती नागरिक अब विनाभिसा चीन भ्रमण गर्न सक्ने जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार यो सम्झौता ३० दिनभन्दा कम अवधिका लागि यात्रा गर्ने बेलायती नागरिकका लागि लागू हुनेछ।

व्यवसाय वा पर्यटनका लागि चीन जाने बेलायती नागरिकले अब भिसाविना यात्रा गर्न सक्ने बेलायत सरकारले जनाएको छ।

सम्झौताबारे बेलायतका प्रधानमन्त्री कीअर स्टार्मरले भने,‘विश्वका आर्थिक महाशक्तिहरूमध्ये एक भएको चीनमा व्यापार विस्तार गर्ने उपायहरूको माग भइरहेको थियो।’

व्यापार विस्तारका लागि प्रक्रियालाई सजिलो बनाउने प्रयास गरिएको उनको भनाइ छ। स्टार्मरले भने,‘हामी उनीहरूका लागि यो प्रक्रिया सजिलो बनाउनेछौँ। यसमा छोटो अवधिको यात्राका लागि भिसा नियमहरूमा छुट पनि समावेश छ। यसले उनीहरूलाई विदेशमा विस्तार गर्न मद्त गर्नेछ। साथै देशभित्र विकास र रोजागरीलाई पनि प्रोत्साहन दिनेछ।’

बेलायती प्रधानमन्त्री स्टार्मर अहिले चीन भ्रमणमा छन्। उनले बिहीबार राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेट गरेका छन्। स्टार्मरसँगै व्यावसायिक प्रतिनिधिमण्डल पनि चीन गएको छ।

प्रकाशित: १५ माघ २०८२ २०:५४ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast