निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न गृहको निर्देशन

हिमाल प्रेस १५ माघ २०८२ १९:४४ | Thursday, January 29, 2026
18
SHARES
निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न गृहको निर्देशन गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लंघनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले आज (बिहीबार) सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्वयन गराउन निर्देशन दिएको हो।

आचारसंहिता कार्यान्वयनमा गरिएका कार्यको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरेको छ।

प्रकाशित: १५ माघ २०८२ १९:४४ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast