काठमाडौँ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनको माहोल तातेको छ। पुरानादेखि नयाँ अनुहार समेत चुनावी प्रतिस्पर्धामा छन्। पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दै चुनावमा हाम फालेकी युवा नेतृ हुन्, बर्दियाकी निता शर्मा।
उनी घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तबाट प्रतिस्पर्धा गर्दैछन्। २८ वर्षीया शर्मा स्नातक तह सकेकी हुन्। उनको घर समेत बर्दियाको ढोडरी,मधुवन हो। जेनजी पुस्ताको प्रतिनिधित्व र स्थानीय क्षेत्रको विकासका लागि आफूले उम्मेदवारी दिएको शर्माको भनाइ छ। उनको मुख्य एजेन्डा भ्रष्टाचारको दलदलमा फसेको वाम आन्दोलनलाई शुद्धीकरण गर्दै एकताबद्ध गर्ने, घुस नखाने पार्टी बनाउने र शिक्षा र स्वास्थ्य निशुल्क गराउने, कृषि र स्वास्थ्य निशुल्क, कृषि उत्पादन राज्यले अनिवार्य किन्नपर्ने व्यवस्था गर्ने छन्।
स्थानीयस्तरमै समाजसेवामा केन्द्रीय उनी अध्ययनपछि पनि वैदेशिक रोजगारीको सट्टा गाउँमै उद्यम गर्नुपर्ने बताउँछिन्। उनीसँग यसपटक उनको भिडन्त चिनिएका र केही नयाँसँग हुँदैछ। निर्वाचन क्षेत्र नं।२ मा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोर, एमालेबाट पूर्वमन्त्री विमला विक र नेपाली कम्युनिस्ट पार्टीबाट सुरेश पन्थ उम्मेदवार छन्।
जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नागरिक उन्मुक्ति पार्टी नेपाल खुशीराम थारु, नेपाल कम्युनिस्ट पार्टीबाट टिकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी आचार्य, उज्यालो नेपाल पार्टीबाट धर्म बहादुर चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य, राष्ट्रिय स्वतन्त्रबाट श्रीधर पोखरेललगायत अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
१८ जनामा २ जना महिला र बाँकी पुरुषको उम्मेदवारी दर्ता भएको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द प्रसाद घिमिरेले जानकारी दिए।निर्वाचन क्षेत्र नं २ मा पुरुष ७५ हजार ५ सय ८४ र महिला ७९ हजार ६ सय ४६ गरी जम्मा १ लाख ५५ हजार २ सय ३० मतदाता संख्या रहेको छ ।



