छुटे युवराज सफल, भन्छन् : बाघ थुनिने खोर रहेनछ

हिमाल प्रेस १५ माघ २०८२ ११:५८
10
SHARES
छुटे युवराज सफल, भन्छन् : बाघ थुनिने खोर रहेनछ

काठमाडौँ- युवराज पौडेल (सफल) छुटेका छन्। उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको प्रहरी कार्यालयले जनाएको छ। सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनखेन गरी मुद्दा फिर्ता लिने गरेको आरोप छ।

सफललाई कारबाही गर्न भनेर कार्यालयले माघ ८ गते प्रहरी परिसरमा पत्राचार गरेको थियो। त्यसपछि प्रहरीले माघ १३ गते उनलाई पक्राउ गरेको थियो। उनी छुटे पनि भने आफू रहेको दाबी गर्दै विभिन्न अभव्यिक्त दिइरहेका छन्।

‘एक रातमै म निस्किएको छु। बाघ धेरै दिन खोरमा थुनिदैन। बाघ थुनिने खोर बनेको रहेनछ। बाघ बाहिरै ठीक छ भनेर मलाई सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा रिहा गरिदियो।’ उनले भनेका छन्।

प्रकाशित: १५ माघ २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast