घुस काण्डमा मुछिइन् दक्षिण कोरियाली पूर्वप्रथम महिला, २० महिना जेल सजाय

हिमाल प्रेस १५ माघ २०८२ ९:४८ | Thursday, January 29, 2026
14
SHARES
घुस काण्डमा मुछिइन् दक्षिण कोरियाली पूर्वप्रथम महिला, २० महिना जेल सजाय

दक्षिण कोरियाको एक अदालतले पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ। बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो।

अदालतले किमलाई घुस लिएको मामलामा सजाय सुनाए पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानुन उल्लंघनको आरोपबाट भने सफाइ दिएको छ। ५३ वर्षीया किमले व्यवसायी र राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएको अदालतको ठहर छ। ती उपहारहरूमा बहुमूल्य गहना र महँगा ‘ब्रान्डेड’ ह्यान्डब्यागहरू समेत सामेल थिए।

सजाय सुनुवाइका क्रममा किम कालो पोसाक, मास्क र चश्मा लगाएर अदालत उपस्थित भएकी थिइन्। उनले आफ्ना कारण उत्पन्न समस्याप्रति माफी मागे पनि आफूमाथि लागेका आरोपहरू भने अन्यायपूर्ण भएको बताएकी छन्।

किम र उनका पति पूर्वराष्ट्रपति युन सुक योल सन् २०२४ को डिसेम्बरमा मार्सल ल घोषणा गरेपछि उत्पन्न राजनीतिक अराजकताका कारण अहिले हिरासतमा छन्। किमका यी विवाद र ‘डायर ब्याग काण्ड’ जस्ता घटनाले युनको कार्यकालभरि दक्षिण कोरियाली राजनीतिलाई अस्थिर बनाएको थियो।

सोल/एजेन्सी

प्रकाशित: १५ माघ २०८२ ९:४८ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast