दीपक जीएमलाई जिताउन बाँके ३ मा ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन, ५१ सदस्यीय विशेष कमिटी

हिमाल प्रेस १५ माघ २०८२ ७:३४ | Thursday, January 29, 2026
8
SHARES
दीपक जीएमलाई जिताउन बाँके ३ मा ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन, ५१ सदस्यीय विशेष कमिटी

काठमाडौँ- आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार दीपक जीएमलाई जिताउन राजकुमार बीकेको संयोजकत्वमा ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ।

बीकेको कमान्डमा आईटी तथा प्रचारप्रसार संयोजक सुशील लामिछानेको संयोजकत्वमा ५१ सदस्यीय विशेष कमिटी समेत निर्माण गरिएको हो।

यस्तै, बाँके क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे ‘जेम्स’, क्षेत्र नं २ बाट उम्मेदवार दिपेन्द्र बिष्ट र क्षेत्र नं।३ बाट उम्मेदवार दीपक जी।एम।लाई विजयी गराउने अभियानलाई सशक्त बनाइएको पार्टीले जनाएको छ।

साथै बाँके जिल्लाबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मञ्जु कोईराला, जामिया खातुन र काली मिया कस्मिरालाई निर्वाचित गराउन पार्टीका नेता–कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्य तथा आम नागरिकलाई एकताबद्ध भएर लाग्न क्षेत्र नं ३ का चुनावी कमान्डर राजकुमार बीकेले अपिल गरेका छन्।

संयोजक बीकेका अनुसार बाँके–३ का जनताका लागि दीपक जी।एम। स्वच्छ छवि भएका, इमान्दार, कर्मठ तथा स्थानीय हावापानी र जनभावना बुझेका युवा उम्मेदवार भएकाले वर्तमान अवस्थामा उपयुक्त विकल्प बनेका छन्।

पार्टीले घरदैलो, जनसभा, डिजिटल अभियान तथा संगठन विस्तारलाई अझ तीव्र बनाउँदै निर्वाचन अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने जनाएको छ।

प्रकाशित: १५ माघ २०८२ ७:३४ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast