काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेका अस्पतालमा रहेको भन्दै सामाजिक सन्जालमा छरपष्ट भएका तस्बिरलाई अस्पतालले नक्कली भनेको छ। लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि यस्ता एआई प्रयोग गरी बनाइएका यस्ता फोटोहरू सामाजिक सञ्जालमा देखिएका छन्।
तर त्रिवि शिक्षण अस्पतालले भने सामाजिक सञ्जालमा भेटिने फोटोहरू यस अस्पतालको नरहेको बताएको छ। सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको अस्पतालका प्रवक्ता गोपाल सेडाईंले बताए।
यसअनुसार सामाजिक सञ्जालमा देखिएको रवि लामिछाने अस्पतालको शैय्यामा बसेको जस्तो देखाइएका तस्बिर नक्कली रहेको देखिन्छ।
प्रकाशित: १४ माघ २०८२ १२:५७ | Wednesday, January 28, 2026
प्रतिक्रिया



