पूर्वमन्त्री कृष्णा केसी नेकपाबाट निस्कासित

हिमाल प्रेस १४ माघ २०८२ १२:१८ | Wednesday, January 28, 2026
54
SHARES
पूर्वमन्त्री कृष्णा केसी नेकपाबाट निस्कासित

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’ लाई पार्टीबाट निस्कासन गरिएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केसीलाई पार्टीबाट निस्कासन गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको हो।

केसीले बाँकेमा अन्य दलको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकाले उनलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।

उनी लुम्बिनी प्रदेशमा यसअघि खानेपानी, ग्रामीण विकासमन्त्री बनेकी थिइन्। तर माओवादी र एकीकृत समाजवादीको एकता पश्चात उनी जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रिक पार्टीमा आबद्ध छन्। उनी प्रलोपाबाट बाँके १ मा प्रतिनिधिसभाको उम्मेदवार छन्।

प्रकाशित: १४ माघ २०८२ १२:१८ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast