काठमाडौँ- रूपन्देही २ बाट स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल (निकोलस) लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। भुसालले दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै आयोगले चुनाव चिह्नसँग सम्बन्धित विषयमा स्पष्टीकरण सोधेको हो।
उनले जेनजी आन्दोलनको ‘आइकोनिक जुत्ता चुनाव चिह्न’ भनेर प्रचार गरेको थिए। उनी यसअघि पनि रूपन्देही २ बाट उठेका थिए। तर आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो। आगामी फागुन २१ मा प्रतिनिधिसभा चुनाव हुँदैछ।
प्रकाशित: १३ माघ २०८२ १२:२५ | Tuesday, January 27, 2026
प्रतिक्रिया





