महावीरलाई आत्मकथा बेच्न रोक लगाएपछि…

हिमाल प्रेस १२ माघ २०८२ ९:५१ | Monday, January 26, 2026
महावीरलाई आत्मकथा बेच्न रोक लगाएपछि…

काठमाडौँ- चुनावी प्रचारका क्रममा किताव बेच्न नपाउने आचारसंहिता निर्वाचन आयोगले रोक लगाएपछि पूर्वशिक्षामन्त्री महावीर पुन असन्तुष्ट बनेका छन्। शिक्षामन्त्रीबाट राजीनामा दिएका उनले चुनावी प्रचारसँगै आफ्नो आत्मकथा पनि बेच्दै आएका थिए। तर आयोगले आचारसंहिता विपरीत भन्दै बेच्न रोक लगाएका थिए।

‘नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाइएन । आचारसंहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि वस्तु वा सामान बनाएर वितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यही कुरामा टेकेर विरोधीहरूले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताब बेच्न पाइँदैन भनेर निर्वाचन आयोगमा उजुरी गरे छन्, र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ । आत्मकथाको किताबमा मेरो चुनाव चिह्न त्रिभुज छँदै छैन’, पुनले भने ।

पुन आफूले किताब लेख्नुको उद्देश्य र त्यसपछि भएका कामबारे जानकारी दिएका छन् ।

पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा समेटेर ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ किताब लेखेका छन् । पुनले यसअघि पनि देशभर पुगेका किताब बेचेका थिए।

प्रकाशित: १२ माघ २०८२ ९:५१ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast