मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान

हिमाल प्रेस ११ माघ २०८२ १४:५७ | Sunday, January 25, 2026
18
SHARES
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान

जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २:०० बजेसम्म ३०० भन्दा बढीले मतदान गरेका छन्।

राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेश प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता छन्।

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन्।

आज बिहान ९:०० बजे सुरु भएको मतदानको समय अपराह्न ३:०० बजे सम्पन्न हुनेछ।

प्रकाशित: ११ माघ २०८२ १४:५७ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast