माधव नेपाल भन्छन् : नेकपालाई पहिलो पार्टी बनाउन देशमा लहर नै चल्दैछ

हिमाल प्रेस १० माघ २०८२ ६:५१ | Saturday, January 24, 2026
10
SHARES
माधव नेपाल भन्छन् : नेकपालाई पहिलो पार्टी बनाउन देशमा लहर नै चल्दैछ

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन्।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे। उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनानुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए।

उनले भने, ‘जनताले नेपाली कम्युनिष्ट पार्टीलाई जिताउन चाहेका छन्। सबैभन्दा ठूलो नम्बर एक पार्टीको रूपमा यसलाई विजयी बनाउन मेचीदेखि महाकालीसम्म अभियान चलिरहेको छ। जनताको भावनानुसार हामी काम अघि बढाउनेछौँ।’

सहसंयोजक नेपालले जेनजी पुस्ताको भावनानुसार आफूहरू अघि बढिरहेको पनि दाबी गरे।

प्रकाशित: १० माघ २०८२ ६:५१ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast